काठमाडौं 4 असार। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई शितलनिवास बोलाएर छलफल गरेकी छन्। शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी पुगेका थिए । उनीहरूसँग झन्डै एकघन्टा राष्ट्रपतिले ब्रिफिङ लिएको स्रोतले…