काठमाण्डौ ५ फागुन । तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाण्डौको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।…