चितवन ५ बैशाख । सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ । आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइनेछन् । कतार एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई लगिनेछ ।वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा…