बुटवल १८ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको रसिया लगायतका मुलुकमा कामदार पठाउने भन्दै रामग्राम ५ बाईपास चोकमा खोलिएको जेडि मेनपावर सर्भिसेजलाई प्रहरी र श्रम तथा रोजगार कार्यालय बुटवलको टोलीले शिल गरेको हो…