तम्घास २२ भदौ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० माधवराज खरेलले जानकारी दिनुभयो ।मङ्गलवार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेपछि दुई तल्ला माथिबाट खसेर घाइते हुनुभएको थियो ।…