काठमाण्डाै ३ फागुन - चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको ज्यान गएको छ । गैँडाको आक्रमणबाट जोगिन पोखरीमा हाम फालेका जवान पवन कटुवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खोटाङ गाउँपालिका वडा नम्बर–४ घर भएका २६ वर्षका कटुवाल निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइलीमाइली पोस्टमा कार्यरत हुनुहुन्थ्यो । हिजो बेलुका निकुञ्जभित्र…