ब्रेकिंग न्युज

भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै



ख्वप (भक्तपुर), २९ भदौ

भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताउनुभयो । मन्दिरका पुजारी प्रमिलराज सुवेदीले यसअघि केदारनाथको जन्मोउत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपल्ट खोलिँदै आएको थियो । तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन बिहानदेखि मन्दिर खुला गरिएको हो । मन्दिर खुला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाको सहभागिता बाक्लो देखिएको छ । दर्शनका लागि मन्दिर दिनभर खुल्ला रहने जनाइएको छ । स्थानीय सबिना बोहजुले त्यस मन्दिर पहिलो पल्ट दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले विस २०७२ को भूकम्पमा भत्किएको बेला भित्रको महादेवको मन्दिर बाहिरीबाट दर्शन गरिएको बताउनुभयो । आज भित्र गएर दर्शन गर्न मौका मिलेको उहाँ बताउनुहुन्छ । भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायरमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो । उहाँका अनुसार तीजको दिन चारधाम क्षेत्रमा एकैपटक र एकै समयमा महाआरती सञ्चालन गरिन लागेको हो । धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । सुवालले तीजको दिन साँझ आयोजना हुने महाआरतीमा सहभागी भई कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सफल बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गर्नुभएको छ । –––

प्रकाशित : २९ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६