चितवन, ११ मंसिर । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीको उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थालेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भुसालले भोट माग्न थालेका हुन् । उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।…