खोज–अनुसन्धान

शिक्षामा नीजि क्षेत्रलाई सरकारले हातेमालो गर्नुको विकल्प छैन : सांसद घिमिरे



कपिलवस्तु १६ पुस । मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यक पर्ने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताएकी छन् । उनले गुणस्तरीय शिक्षाको लागि बोडिङ्ग स्कुलको अहम भुमिका रहेको बताएकि छन् । निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको यहि पौष ३ गते सम्पन्न ११ औं जिल्ला अधिवेशजबाट निर्वाचित जिल्ला कार्य समिमतिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् । कपिलवस्तु जिल्ला आझै पनि शैक्षिक क्षेत्रमा पछाडी परेको बताउदै उनले जिल्लालाई शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक र हरेक क्षेत्रमा अगाडी बढाउन आवश्यक रहेको बताईन् । नेपालले अझै पनि शिक्षा क्षेत्रमा फड्को मार्न नसकेको बताउदै सरकारले जति शिक्षा निति परिवर्तन गर्नुपर्ने हो त्यसो हुन भने नसकेको उनको भनाई छ ।

यस्तै लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले समाज रुपान्तरणमा योगदान पुयाउने शिक्षा अहिलेको आवश्यकता रहेको बताए । गुणस्तर शिक्षाको खोजीमा अझै पनि जिल्ला बाहिर गएर अध्ययन गरिरहेको अवस्था रहेको बताउदै यसलाई रोक्न जिल्लामै गुणस्तरीय शिक्षा अघि बढाउन सबै आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।प्याब्सनका केन्द्रिय सदस्य सरोज खनालले जरै देखि शिक्षा सुधार्न विद्यालय क्षेत्रबाट बन्चित रहेका बालबालिकालाई शिक्षा दिन सक्नु पर्ने बताए । वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल र शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले कोरोनाको बेला शिक्षालाई चलायमान गराउन प्याब्सनको ठुलो भुमिका रहेको बताए । शिक्षामा गुणस्तर कायम राख्न नगर सधै लागि परेको उनको भनाई थियो । ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित प्याब्सन कपिलवस्तु जिल्ला कार्य समितिलाई निर्वाचन मण्डलका अधिकृत हुमनाथ पाण्डेले सपथग्रहण गराएका थिए । कार्यक्रममा नि वर्तमान समितिले बर्तमान समितिलाई आ–आफनो पद हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्थ, नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई, अनेरास्ववियु जिल्ला अध्यक्ष दयाराम पौडेल, प्याब्सन पुर्व अध्यक्ष डिल्लिराज भट्राई लगायले भनाई राखेका थिए । कार्यक्रममा शिक्षा अधिकृत खिमबाहादुर जिसि, स्थानिय पाठ्यक्रम संयोजक डमर शर्मा, प्याब्सनका पुर्व अध्यक्षहरु, विभिन्न संघसंस्था बुद्धिजिविहरुको उपस्थिति रहेको थियो भने प्याब्सनका पुर्व अध्यक्ष्यहरुलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष शिव प्रसाद गैरेको अध्यक्षयता र सुन्दर पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सत्तचालन पदेश सचिवालय सदस्य कृष्ण प्रसाद भट्राईले गरेका थिए । सपथ ग्रण पछि वर्तमान अध्यक्ष सुन्दर पाण्डेले कार्यक्रममा बोल्दै समाजलाई रुपान्तरण गर्न प्याब्सन अगाडि बढेको बताए । आउने चुनौतीहरुको सामाना गर्दै शिक्षा क्षेत्रलाई परिवर्तन गरेरै छाड्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : १६ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६