खोज–अनुसन्धान

विश्वभर १ वर्षको अवधिमा ४५ जना पत्रकार मारिए



काठमाडौं १७ पुष । एक वर्षको अवधिमा विश्वभर ४५ जना पत्रकार मारिएको तथ्यांक सार्वजनिक भएको छ । विश्वका पत्रकारहरूको संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले यस्तो तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो । तीमध्ये सबैभन्दा धेरै पत्रकार अफगानिस्तानमा मारिए ।उक्त तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो । महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको छ ।

सन् २०२० मा भने मारिने पत्रकारको संख्या ६५ थियो । जवकि २०२१ मा २० देशका ४५ पत्रकार कामको शिलशिलामा मारिएका हुन् । भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग विरुद्ध लेख्ने क्रममा मारिएका पत्रकारहरूको सूची महासंघले सार्वजनिक गरेको हो ।

महासंघका महासचिव एन्थोनी बेलेन्जरले मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघलाई विश्वका ६ लाख पत्रकारहरूको प्रतिनिधिमुलक संस्थाको रुपमा मानिन्छ । महासंघका अनुसार मारिएका ४५ जनामध्ये ३३ जनामाथि प्रत्यक्ष आक्रमण भएको थियो । ९ जना अफगानिस्तानमा मारिएका थिए । ४ जना भारतमा र ३ जना पाकिस्तानमा मारिएको महासंघको तथ्यांकमा उल्लेख छ । महासंघका अनुसार सन् १९९१ यता विश्वभर जम्मा २ हजार ७ सय २१ पत्रकार मारिएका छन् ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६