खोज–अनुसन्धान

देशभर जलपक्षी गणना : ३ सय ५० गणक खटिए




रुपन्देही १९ पुस। देशभर जलपक्षी गणना सुरु भएको छ । हरेक वर्ष जनवरीको पहिलो शनिवारदेखि जनवरीकै तेस्रो शनिवारसम्म जलपक्षी गणना हुने गरेको छ । पाँच ठूला सिमसार क्षेत्र कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, चितवनको बीस हजारी, पोखराको फेवाताल र कोशीटप्पुसहित अन्य तालतलैया र नदी क्षेत्रमा जलपक्षीको गणना गरिने चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । गणनाका लागि तालिमप्राप्त गणकसहित ३ सय ५० जना खटिएका पनि उहाँले बताउनुभयो । अहिलेको गणनालाई आधारित मानेर प्रतिवेदन तयार पारिने र यो प्रतिवेदन आउँदो जुनमा सरकारलाई बुझाइने छ ।
प्रतिवेदनले चरा संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्याउने चराविद्को भनाइ छ । यस्तै, गणनाले बासस्थान र आहाराको अवस्थाका बारेमा थाहा हुनेछ । गणनामा नेपालमा रैथानेसहित जाडो छल्न आएका चरा समेटिने छन् । जलपक्षी गणनामा रैथाने जातभन्दा पनि आयातीत चरा धेरै हुन्छन् । नेपालका रैथाने ३० प्रतिशत र जाडो छल्न विदेशबाट आएका ७० प्रतिशत चरा गणनामा समेटिने चराविद् बरालले बताउनुभयो ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६