बाँके, १ जेठ । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजारभन्दा बढी मतअन्तरले हराएका छन् । चैंसिरले ५ हजार ३ मत ल्याउँदै निर्वाचित हुँदा भट्टले ३ हजार ८८७ मत पाएका छन् । उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित भएकी…