पाल्पा, १ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनको बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उहाँले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका…