काठमाडौँ, ८ वैशाख नेपाल पत्रकार महासंघले तीन तहका सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले उक्त निर्णयलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नेपालको संवैधानिक व्यवस्थाविपरीत भएको ठहर गरेको छ। महासंघले यसअघि नै सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाएको…