काठमाडौँ, २३ पुस प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको भेटवार्तामा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको सम्बोधन गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न भएका प्रयासहरुको समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा उहाँहरुबीच देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा…