काठमाडौँ, २५ चैत आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदले देशका विभिन्न क्षेत्रका जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद जगतप्रसाद जोशीले कमलरी तथा कमैया समुदायका नागरिकलाई परिचयपत्र वितरण गर्न, बसोबासका लागि जग्गा उपलब्ध गराउन तथा जग्गाधनी पुर्जा प्रदान गर्न सरकारसँग माग गर्नुभयो । उहाँले दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्यक्रम आवश्यक रहेको…