गुल्मी, २४ वैशाख । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रुपमा शनिबार…