काठमाडौँ, १० माघ सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्नुभएको स्थान टेकुमा स्मृतिसभा आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले सहिद शास्त्रीको प्रतीमामा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यस अवसरमा कावा प्रमुख डङ्गोलले सहिद शास्त्रीको योगदानको चर्चा गर्नुभएको थियो ।…