काठमाण्डौ, २५ चैत्र । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । 'तपाईको स्वास्थ्य हाम्रो अठोटः स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच' भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ…