काठमाडौँ, ३० फागुन । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै केसीले माछा बेच्ने र किन्नेको प्रसङ्ग निकाल्दै दुई वटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री…