काठमाडौँ, ३१ भदौ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबास्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनलगायत विषयमा छलफल जारी रहेको रास्वपा प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल,…