काठमाण्डौ, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ । आज शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।…