भैरहवा १७ कार्तिक । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थाले पछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखा पर्न थालेका छन् । रुपन्देहीको ग्रामीण क्षेत्रबाट पहलवानहरु उत्पादन गर्ने उद्देश्यका साथ रोहिणी गाउँपालिकाद्वारा आयोजित खुल्ला कुस्ती प्रतियोगितामा भारतीय पहलवानहरुले वर्चस्व जमाएका छन्।१ लाख…