देश

रुकुम पश्चिम माओवादी शर्माको ‘कमान्ड’मा पुनःनिर्माणमा खट्यो



सुर्खेत, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा सिङ्गो जिल्ला कमिटी भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा खटिएको छ । शुक्रवार बसेको माओवादी जिल्ला कमिटी बैठकले सिङ्गो पार्टी कमिटीलाई स्वयंसेवकका रूपमा रूपान्तरण गरिएको हो ।

सोही अनुसार सम्पूर्ण पार्टी कमिटी वडा वडामा खटिसकेको छ । शर्माका अनुसार सुरुमा भूकम्प प्रभावित क्षेत्रका जनताका लागि अस्थायी आवास निर्माण गरिने छ भने मङ्सिर महिनाभित्र पालमुनि रहेका नागरिकलाई छानाभित्र राख्ने लक्ष्य लिइएको छ ।

रुकुम माओवादीको आधार इलाका हो । पूर्व मन्त्री समेत रहेका शर्मा भूकम्प गएको समयदेखि निरन्तर प्रभावित क्षेत्रका नागरिकको घरदैलोमा व्यस्त छन् ।

माओवादीका प्रदेश अध्यक्ष विमला केसीका अनुसार टिनको व्यवस्थापनमा केही ढिलाइ भएको छ । टिनको व्यवस्थापन भएपछि तत्काल अस्थायी टहरा धमाधम निर्माण गरिने छन् । केसी पनि गृह जिल्ला रुकुममै व्यस्त छिन् । जिल्लामा पार्टी केन्द्रीय सदस्यहरू पालिकाहरूमा खटिएका छन् भने सबै नेताहरूलाई ठाउँ–ठाउँको जिम्मेवारी दिइएको छ । ‘म पनि एउटा वडामा जाँदै छु,’ अध्यक्ष केसीले भनिन्, ‘पालमा जनताको दैनिकी निकै कष्टकर छ । चाँडोभन्दा चाँडो पालमुक्त गराइनुपर्छ,। त्यसो गरे मात्रै नागरिकको ज्यान जोगाउन सकिएला ।’

उनका अनुसार प्रत्येक वडामा साढे एक सयदेखि २०० नेता, कार्यकर्ताहरू क्षतिग्रस्त स्थानहरूको व्यवस्थापनमा खटिएको छन् ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६