काठमाण्डौ, २५ भाद्र । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसकेको गुनासो गरेका छन् । नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि…