दाङ, २५ जेठ । अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गर्मीका कारण इनार, कुवा सुक्न थालेपछि पानीको अभाव भएको हो । 'जेठको पहिलो हप्तादेखि नै धाराबाट खानेपानी आउन छाडेको छ', घोराही–९ की मदा गौतमले भन्नुभयो, 'यस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो…