बाँके, २६ बैशाख । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ । कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारदेखि नेपालगञ्जको कोरोना सङ्क्रमित क्षेत्रसँगै अन्य…