नवलपरासी, ७ जेठ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको…