बाँके ५ जेष्ठ । एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार मृृत्यु भएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिनुभयो । …