बर्दिया, ८ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवारमा माटाको ढिस्काबाट पुरिँदा आज एक बालकको मृत्यु भएको छ । घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्काबाट पुरिएर स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको प्रहरीरले जानकारी दएकोछ । ढिस्काबाट पुरिएर सँगै खेल्दै गरेका अर्का १२ वर्षीय सुगन्ध थारु भने सामान्य घाइते भएका छन् ।