रामपुर, १७ फागुन । सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशले पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेसन नेपालको समन्वयमा शिविर सञ्चालन गरेको हो । सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक अमर सिं पुनले…