काठमाण्डौं, १३ असोज । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा जानेको नाम टुङ्गो लगाएको छ । स्रोतका अनुसार पार्टीले पाउने बाँकी चार मन्त्रीको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाउनुभएको छ । स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र देवेन्द्र पौडेल प्रचण्डको रोजाइमा पर्नुभएको छ । त्यस्तै, समानुपातिक सांसद अञ्जना बिसंखे र बाँकेका महेश्वर…