काठमाडौं, १२ असार । दोस्रो लहरको कोरोना महामारी मत्थर भएसँगै सरकारले देशभरको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन थालेको छ । कोरोनाको संक्रमण र मृत्युदरमा सुधार आएसँगै देशका विभिन्न जिल्लामा लागू भएका निषेधाज्ञा खुकुलो बनाउँदै जनजीवन सहज बनाउने काम भइरहेको छ । सोही अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षाको विधि अपनाउँदै निषेधाज्ञा खुकुलो बनाउन थालिएको छ ।यहि अनुसार…