खेलकुद

ईपीएलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई दियो ११२ रनको लक्ष्य



काठमाडौं, २३ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल २०२१ को फाइनलमा पोखरा राइनोजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७।५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराले ओपनिङ जोडीमा परिवर्तन गर्दै रिचर्ड लेभसंग विपिन रावललाई खेलाएको थियो । यी दुईले पोखरालाई राम्रो सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेपछि लेभी आउट भए ।

चौथो ओभरको तेस्रो बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतको बलमा दिलिप नाथले लेभीलाई क्याच गरे ।ऋत गौतम पाँचौ ओभरको पाँचौ बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए ।

छैटौं ओभरको अन्तिम बलमा सोमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पोखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएको थियो ।

नवौं ओभरको तेस्रो बलमा विपिन रावनल १७ रन बनाएर आउट भएपछि पोखराले ५९ रनमा चौथो विकेट गुमायो ।

सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए । त्यसपछि असेला गुनारत्ने र कप्तान विनोद भण्डारीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए ।

१५ औं ओभरमा पोखराले २ विकेट गुमायो । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमायो । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खोल्न सकेनन् ।

कप्तान विनोद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गुमाउँदा पोखरा कम स्कोरमा रोकियो ।

लगत्तै अर्को ओभरमा विक्रम सोब पनि १ रन बनाएर आउट भए । उनलाई सेकसगे प्रसन्नले बोल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखोली करिम जन्नतको बलमा एलबीडब्लु भए ।

अन्तिम विकेटको रुपमा कप्तान विनोद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३।५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए ।

यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २ २ विकेट लिए । कप्तान सोमपाल कामी र सागर ढकालले समान विकेट लिए ।

साभार 

प्रकाशित : २३ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६