लक्ष्मण प्रसाद बेल्बासे बाणगंगा, २९ बैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूको एसईई नतिजाले पछिल्ला दुई शैक्षिक सत्रमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको संकेत गरेको छ । शैक्षिक सत्र २०८१ र २०८२ को नतिजा विश्लेषण गर्दा संस्थागत विद्यालयहरूले उत्कृष्ट नतिजालाई निरन्तरता दिएका छन् भने सामुदायिक विद्यालयहरू पनि क्रमशः प्रतिस्पर्धात्मक अवस्थामा उभिन थालेका…