लक्ष्मण प्रसाद बेल्बासे कपिलवस्तु, २६ जेठ कपिलवस्तुको बाणगंगा नगरपालिका पछिल्लो समय सुशासन, डिजिटल सेवा प्रवाह, कृषि विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू मार्फत देशकै उत्कृष्ट स्थानीय तहहरू मध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। पहाडी समुदाय, आदिवासी थारु समुदाय तथा विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएका नागरिकहरूको साझा थलो बनेको बाणगंगाले विकास…