जीवनशैली

वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ, २५ जेठ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ । आयोगले वीरगञ्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ । गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० की रिता भट्टराई विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । —

प्रकाशित : २५ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६