बुटवल, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना ९एमसीसी० को व्याख्यात्मक घोषणा कार्यान्वयन नभए सडक आन्दोलन गर्ने बताएका छन् । बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई संबोधन गर्दै उनले १२ बुँदे व्याख्यात्मक घोषणा नेपालको संसदबाट पारित भएको स्मरण गराउँदै यसको कार्यान्वयन गर्ने कुराबाट सरकार पछि नहट्ने बताए । उनले भने–“नेपालको सदनबाट पास…