काठमाण्डौ, १६ मंसिर । आज ‘अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको…