बाग्लुङ, २६ जेठ । बागलुङको गलकोट–८ काँडेवासबाट आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको छ । ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको हो । गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । गर्भपति…