गण्डकी

बाँदरमुढे घटनाका १५ वर्ष पूरा, पीडितले अझै पाएनन् न्याय



काठमाडौँ, २३ जेठ ।  सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन् । उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए ।  घाइते शारीरिक तथा मानसिक आघातमा अहिले पनि न्यायको प्रतिक्षामा छन् । उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी पीडितलाई अझैसम्म सत्य, न्याय र परिपूरण हुन सकेको छैन । 

     वकालत मञ्च नेपालले आज प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको स्वतन्त्र विज्ञको टोली गठन गरेर औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न आह्वान गरेको छ ।  मञ्चले न्यायको माग गरिरहेका सबै पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै घटनामा निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्न तथा पीडित र साक्षीको सुरक्षाका लागि उपयुक्त उपाय अपनाउन आह्वान गरेको हो । 

     विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गर्नुभएको भए पनि यस्ता प्रकृतिका घटना नदोहोरिनका लागि कुनै पनि उपाय अपनाउन सकेको देखिँदैन ।” (रासस)

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६