दाङ, ४ वैशाख । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे ८ बजे राति आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए । गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले…