कपिलवस्तु, ३० चैत्र ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बठनपुरमा थ्रेसर लगाउने क्रममा एक जना महिलाको मृत्यु भएको छ । गहुँ थ्रेसिङ गर्ने क्रममा बाणगंगा नगरपालिका ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो । विहिबार दिउँसो करिब ३ बजे खेतमा थ्रेसर लगाउने क्रममा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ…