लुम्बिनी, २९ जेठ । बृहत् लुम्बिनी क्षेत्रमा सारस चरा गणना गर्दा ६५२ वटा पाइएका छन् । नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६५२ वटा सारस सो क्षेत्रमा फेला परेको जनाएको छ । स्मरण रहोस्, यस भन्दा अगाडि यो क्षेत्रमा कति सारस थिए भन्ने यकिन थिएन…