बाँके, २६ जेठ । माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बनेकी छन् । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बनेकी उनले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुबैको माया उत्तिकै गर्दै आएकी छन् । चार दशक पार गरिसकेकी मिनुलाई हात्तीमाथि बसेर परिचालन गर्न झण्डै…