दाङ२१ असोज । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुंग्याउन सुझाव संकलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरुसंग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो ।बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्यहरु संग छलफल सकेको मन्त्रालयले आइतबार रुकुम पूर्व, रोल्पा, प्युठान र दाङका प्रदेश सभा सदस्यहरु संग छलफल गरेको छ…