कपिलवस्तु ८ बैशाख कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ का सेवा प्रवाहका विषयमा नगरपालिकाको भवन अभाव देखि जनशक्ति र प्रविधिलाई मुख्य समस्याका रुपमा लिएको छ।नगरपालिकाको आफ्नो समिक्षामा सेवा प्रवाहका क्रममा विभिन्न संरचनात्मक तथा व्यवस्थापकीय समस्या रहेको निष्कर्ष निकालिएको छ। नगरकार्यपालिकाको कार्यालयले प्रस्तुत गरेको तथ्यांक अनुसार सेवाग्राहीलाई प्रभावकारी सेवा दिन अझै केही महत्वपूर्ण अवरोधहरू कायम रहेका…