कपिलवस्तु १२ बैशाख कपिलवस्तुका साहित्यकार ज्यो. कृष्णप्रसाद पाण्डेद्वारा लिखित ‘श्रीमद्भगवद्गीता सरल नेपाली भावार्थ’ पुस्तक एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। बाणगंगा साहित्यिक प्रतिष्ठान, बाणगंगा–८ कपिलवस्तुको आयोजनामा शनिबार जनचेतना निम्न माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो।प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तक लोकार्पणसँगै विभिन्न साहित्यिक…