कपिलवस्तु, १७ पुस जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागार कार्यालयबाट फरार भएका १२१ जना कैदीबन्दी अझै नियन्त्रणमा आउन सकेका छैनन् । कारागार कार्यालय कपिलवस्तुका प्रमुख दलबहादुर बस्नेतका अनुसार आन्दोलनका क्रममा कुल ४३० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ३०९ जनालाई पक्राउ गरी वा स्वयं उपस्थित गराई नियन्त्रणमा लिइएको छ । कारागारमा रहेका ४५९ कैदीबन्दीमध्ये…