कपिलवस्तु, २ असार । कपिलवस्तु जिल्लाका तीन साझेदारी वन व्यवस्थापन समितिले आज कोरोना भाइरस परीक्षण किट वितरण गरेका छन् । गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्रअन्तर्गत पर्ने शिवराज, कृष्णनगर, महाराजगञ्ज र बुद्धभूमि नगरपालिका तथा विजयनगर गाउँपालिकालाई किट हस्तान्तरण गरिएको कपिलवस्तु साझेदारी वन समितिका अध्यक्ष गङ्गेशनाथ तिवारीले बताउनुभयो । कपिलवस्तु साझेदारी तथा शिवराज र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले…